काठमाडौं, असोज ८ – भारतले असुरक्षाका कारण सीमा नाकामा कडाई गरेको प्रष्टीकरण दिएको छ । नेपालमा रहेको भारतीय दूतावासले शुक्रबार विज्ञप्ती निकालेर यस्तो प्रष्टीकरण दिएको हो । 

आन्दोलनरत पक्षले सीमा नाकामा विरोध प्रदर्शन थालेकाले असुरक्षा बढेको भन्दै नाका क्षेत्रमा कडाई गरेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमार्फत भारतले आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरुको माग पूरा गर्न फेरि सुझाव दिएको छ । 
शीर्ष नेताहरुले आन्दोलनरत पक्षको माग सम्बोधन गरे अहिले देखिएको राजनीतिक अस्थिरता अन्त्य हुने भारतको भनाई छ । अहिले देखिएको अस्थिरतालाई निकास दिन विश्वासिलो वातावरणमा मतभेद अन्त्य गर्नु पर्ने विज्ञप्तीमा उल्लेख छ । 

Post a Comment

 
Top