काठमाडौं, साउन १६ - बाटोको छेउछाउ, खोला
किनार र बारीको कान्ला तथा खोल्सामा तपाईंले पाती या गाँजरजस्तो झार पक्कै
पनि देख्नुभएको छ । तर तपाईंमध्ये धेरैलाई यो झारको बारेमा थाहा नहुन सक्छ ।
केही वर्षदेखि मात्र
फैलिन थालेको यो झार निकै विषालु भएकाले सचेत हुन कृषि विज्ञहरुले आग्रह गर्दै आएका छन् । नेपाल कृषि अनुसन्धान परिषद नार्कका वैज्ञानिकहरुले पोहोरदेखि यो झार नियन्त्रणको लागि अभियान थालेपनि यो सफल हुन सकेको छैन । सरकारले चासो नदेखाउँदा विषालु झार झन् फैलिंदैछ ।

हिउँदमा नदेखिने यो झारले वर्षा लाग्ने
बित्तिकै बाटोघाटो र खेतबारीका खाली ठाउँ ढाक्ने गरेको छ । पोहोरजस्तै
यसवर्ष अहिले पनि यो झार जताततै फैलिएको देख्न सकिन्छ । गाउँठाउँ, शहरबजार
जताततै फैलिसकेको यो झार मान्छेले छुँदा र गाईवस्तुले खाँदा
समेत असर गर्छ । तर धेरैलाई यसबारे थाहा छैन । बाटोमा यही झार समाउँदै र पात खेलाउँदै हिँड्नेहरु पनि देखिन्छन् भने गाईबाख्रा पनि यही झारमा चरिरहेका भेटिन्छन् । काठमाडौंका बागमती र विष्णुमती नदी किनारमा गाँजा फँडानी गर्ने सरकारी निकायले त्यहीँ झाँगिएको यो झारलाई भने वास्ता गरेका छैनन् । अहिले गाँजाले भन्दा बढी यही झारले नदी र खोला किनार ढाकिसकेको छ ।

अमेरिकाबाट भारत हुँदै नेपालमा
पार्थेनियम हेस्टेरोफोरस भनिने यो झार
विश्वका १० वटा बदमास झारमध्ये एक नम्वरमा पर्छ । भारतले अमेरिकाबाट गहुँ
आयात गर्दा गहुँको बीउसँगै यो झार त्यस समयमा भारत भित्रिएको अनुमान छ ।
भारतमा फैलिएपछि झण्डै १०/११ वर्षअघि यो झार नेपाल पनि भित्रिएको हो । पात
गाँजर जस्तो हुने भएकाले यो झारलाई गाँजर झार पनि भनिन्छ । यो झार अहिले
नेपालसँगै भारत, बंगलादेश, पाकिस्तान, अफ्रिका लगायत अष्ट्रेलियामा समेत
फैलिएको छ । ‘यो झार अति नै मिचाहा प्रकृतिको भएकाले अरु बालीनालीलाई
सजिलैसित विस्थापित गरी एकलौटी रुपमा खाली जमिनमा फैलिन्छ’ नार्क
अन्तर्गतको बाली विज्ञान महाशाखाकी विज्ञ दयामणीदेवी गौतमले भन्नुभयो ।
छुँदा समेत खतरा
कृषि विज्ञहरुका अनुसार यो झार यति विषालु
हुन्छ कि छुँदा समेत स्वास्थ्यलाई असर गर्छ । तत्काल असर नदेखिएपनि यसले
दीर्घकालिन बेफाइदा गर्ने उनीहरु बताउँछन् ।
‘यो झार छुँदा छाला सम्बन्धी रोग लाग्ने,
श्वासप्रश्वासमा समस्या आउने, यो झार उम्रेको ठाउँबाट हिँडडुल गर्दा वा
यसको पातले जीउमा छुँदा संक्रमण हुने, ज्वरो, दम र ब्रोंकाइटिस जस्ता
सम्भावना हुन्छ’ नार्कका विज्ञ मदनराज भट्टले भन्नुभयो । घरपालुवा पशुलाई पनि झारले वेफाइदा गर्छ । यो
झार उम्रेको छेउछाउमा बहने हावाले पशु, चौपायाको कलेजो, मिर्गाैला र पाचन
क्रियालाई समेत असर गर्छ । गाईभैंसीको दूध उत्पादनमा पनि कमी ल्याउने कृषि
विज्ञहरु बताउँछन् । ‘तरकारी बालीहरुमा फल तथा बीउ नलाग्ने, खसीबोकाले खायो
भने यसको विष तत्वको कारण मासु समेत खान योग्य नहुने हुन्छ’ भट्टले
भन्नुभयो, ‘मान्छेलाई समेत यसले नराम्रो असर गर्छ ।’
‘भारतमा
यस झारको कारणले मानिसको मृत्यु समेत भएको पाइएको छ,’ भट्टले भन्नुभयो,
‘कृषिजन्य वहुमुल्य प्रजातिहरुलाई विस्थापित गरि जैविक विविधतालाई समेत
ठूलो क्षति पुर्याषएको छ ।’
सजिलै मास्न गाह्रो
विज्ञहरुका अनुसार यो झारलाई सजिलै
नियन्त्रण गर्न सकिंदैन । किनकी यो झारमा अरु सबै झारलाई मार्न सक्ने
क्षमता हुन्छ । ‘जसरी बागमती सफाई अभियान थालियो, यसैगरी यो झार
नियन्त्रणको अभियान देशव्यापी फैलाउनुपर्छ’ नार्कका मदनराज भट्टले
भन्नुभयो । उहाँका अनुसार यो झारलाई फुल्नु अगावै उखेलेर खाल्डोमा
पुर्नुपर्छ । तर झारको वरिपरी जाँदा या समाउँदा हातमा पञ्जा र मुखमा मास्क
लगाउनुपर्छ । गाउँठाउँमा फैलिसकेको यो
झार नियन्त्रणको लागि सरकारले खासै पहल गरेको छैन । सबैभन्दा यसको असरबारे
बुझाउँदै नियन्त्रणको लागि विशेष अभियान नै थाल्न विज्ञले सुझाव दिँदै आएका
छन् ।
Post a Comment