असार ३० – मन परेर किनेको मोबाइल फुटेर अनि ह्याक भएर दिक्क हुनुभएका तपाईं सबैलाई खुशीको खबर छ । अब छिट्टै नफुट्ने अनि ह्याक पनि नहुने मोबाइल आउँदैछ । यो मोबाइल सजिलैसँग बजारमा पाइनेछ भने कसैले चलाउला भनेर चिन्ता पनि मान्नु पर्दैन । अबको केही महिनामा नफुट्ने मोबाइल तपाईंले खरिद गर्न सक्नुहुनेछ । नफुट्ने अनि ह्याक नहुने मोबाइलको नाम हो टुरिंग फोन । यो मोबाइल लिक्विडमोरफियमबाट बनाइएको छ जुन स्टिल र आल्मुनियम भन्दा बलियो मानिन्छ । साढे ५ इन्चको स्क्रिन हुने यो मोबाइलको अपरेटिंग सिस्टम ५ दशमलव १ को छ । तर यसमा म्युजिकको लागि अडियो ज्याक भने छैन । यो मोबाइलमा मात्र ब्लु टुथ छ । साथै एन्ड्रोइट सफ्टवेयर र सेक्युरिटीको पनि व्यवस्था गरिएको छ । मोबाइलमा केही चलाउनु छ भने तपाईंको औंलाको छाप नै मोबाइलको पासवर्ड मानिनेछ ।

पानीमा खस्दा पनि केही नहुने

यो मोबाइल पानीमा खस्दा पनि केही हुँदैन । मोबाइल यदि पानीमा खसे पानीबाट निकाली पुछेर मोबाइल चलाउन सकिन्छ ।  यो मोबाइलको ब्याट्रीको ब्याकअप अहिलेसम्म कै उत्कृट भएको दाबी पनि  गरिएको छ । यही जुलाइको अन्त्यतिर यो मोबाइलको प्रि अडर सुरु हुनेछ । १६ जिबीको  मोबाइलको मुल्य झण्डै ६० हजार पर्ने छ ।

– एजेन्सीको सहयोगमा

Post a Comment

 
Top