गत बैशाखमा गएको ७.८ रेक्टरस्केलको भूकम्पको दिशा (प्रक्षेप पथ) को बारे बैज्ञानिकहरुले नयाँ तथ्य पत्ता लगाएका छन् । यूनिभर्सिटी अफ क्यालिफोर्निया, सान डिइगोका बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प कम्पनको दिशा र रुपबारे तथ्य पत्ता लगाएका हुन् ।


बैज्ञानिकहरुले नेपालमा आएको भूकम्प र त्यसपछिका परकम्प अाएको बाटोको रुपको नक्सा बनाएका छन् । भूकम्प आउँदा केहि मिनेटसम्म  निस्किएको भयानक आवाज कसरी आएको थियो भन्ने पनि पत्ता लागेको छ । सार्वजनिक गरिएको नक्साले भूकम्पका साना तथा ठूला तरंगहरु केन्द्रबिन्दूबाट कसरी आएका थिए भन्ने देखाएको छ । बैज्ञानिकहरुले प्रक्षेप पथको कम्पनलाई तीन भागमा विभाजन गरेका छन् ।

‘नेपालको गएको भूकम्पले उच्च  भूकम्पीय क्षेत्रहरुलाई चेतावनी दिएको संकेत हो, नेपालमा आएका सबै कम्पन भिन्न–भिन्न किसिमले आएका छन् । ’ यूसी सान डिइगोका इक्रिप्स् इस्टीट्यूशनका भूगर्भविद् पीटर शिएररले भने, ‘केहि कम्पनहरु एक बिन्दूबाट अर्काे बिन्दूसम्म उफ्रदै आएका थिए, ेतर  तीनै किसिमका भूकम्प एउटै विन्दूबाट आएका थिए जसको बाटो पूर्वतर्फ थियो । यो अनुसन्धानबाट उच्च भौगोलिक जोखिम रहेका क्षेत्रको बारेमा बुझ्न र पहिचान गर्न सहज भएको छ । ’

ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यहरुबाट पीटर र उनका सहकर्मीहरुले प्रत्येक कम्पनका असरहरुको पहिचान गरेका छन् । विस्तृत अध्ययनपछि बनाइको नयाँ नक्सामा तीन चरणको बाटो बनाएर कम्पन उत्पन्न भएको पत्ता लागेको छ । तीनै चरणका कम्पनहरु पूर्वतर्फ बाटो बनाउँदै आएका छन् । अनुसन्धानकर्ताले पहिले चरणमा साना र विस्तारै जाने कम्पनको बारेमा नक्सा बनाएका छन् । यसैगरी, दोस्रो चरणको कम्पन काठमाडौं नजिकै गएको नक्साले देखाएको छ, जसको बाटो नाटकीय छ र कम्पन ठूलो हुने गरेको देखिएको छ । तेस्रो चरणको कम्पन कम गतिको हुने देखिएको छ ।

कम्पन आउँदै गर्दा र दुई कम्पनकोबीचमा आउने कम्पनले नाटकीय रुपमा बाटो बदल्ने पनि अनुसन्धानले देखाएको छ । एकैदिनमा आएका ३८ वटा परकम्पको अनुसन्धान गर्दा तीन प्रकारका चरणहरु देखिएको अनुसन्धानले देखाएको छ ।

‘ग्लोबल भूकम्पीय नेटवर्कको तथ्यले हामीलाई भकम्पको प्रक्षेप पथका तस्विरहरु तथा चरणमा भरपर्ने कम्पनबारे थाहा पाउन सजिले भयो । ’ भूगर्भविद् पीटरका एक विद्यार्थी वेनयूएयान फानले भने, ‘आइरहने परकम्पका दुई चरणहरु काठमाडौं नजिकका छन्, जनले सोचिएको भन्दा कम हल्लाएको थियो ।

Post a Comment

 
Top