के तपाइँलाई फेसबुकमा केही नयाँ गरौं जस्तो लागेक छ ? लागेको छ भने अव तयार हुनुस् ।
 
तपाइँलाई यहाँ हामी तपाइँको फेसबुकलाई अरुको भन्दा फरक बनाउने अनौठो तरिका सिकाउँदैछौं । यी ट्रिकहरु प्रयोग गर्नु भयो भने फेसबुकको लुक नै नयाँ हुन्छ ।
च्याट गर्दा फन्ट बदल्नुस्
अधिकाँशलाई लाग्छ फेसबुकमा च्याट गर्दा फेसबुकले दिएको फन्टमा मात्र गर्ने सुविधा छ । तपाइँलाई थाहा नहुन सक्छ हामीले फेसबुकमा च्याट गर्ने फन्ट अरुको भन्दा फरक गराउन सक्छौं ।
यहाँ लेखिएको म्यासेजलाई कपी पेष्ट गर्न सकिन्छ । तपाइँले च्याटमा समेत यो फन्ट प्रयोग गर्न सक्नु हुन्छ । तपाइँले लेखेको फन्ट देखेर साथीहरु चकित पर्नेछन् ।
आफ्नो ठाउँ लुकाउनुस्
तपाइँलाई आफू कहाँ छु भनेर अरुलाई जानकारी दिन मन लागेको छैन भने यसको पनि समाधान छ । फेसबुकले तपाइँको लोकेसन ट्रयाक नगरोस भन्नका लागि फेसबुक डिसकनेक्ट डाउनलोड गर्न सक्नु हुन्छ । फायरफक्स र क्रोम दुवैमा यसले काम गर्छ ।
विज्ञापन रोक्नुस्
यदि तपाइँलाई फेसबुक पेजमा विज्ञापन आएको मन पर्दैन भने त्यसलाई रोक्न सकिनंछ । क्रोम एक्सटेन्शनको मद्दतले यस्ता विज्ञापनलाई नआउने बनाउन सकिने सुविधा छ । क्रोममा फेसबुक एडब्लक एक्सटेन्शन यसका लागि नै बनाएको हो । तपाइँको पेजमा विज्ञापन नआउने बनाउन यसको प्रयोग गर्नुस् । Source: Nepali Headlines

Post a Comment

 
Top