चार वर्षदेखि व्यवसायिक गोलभेंडा खेती
गरेका दाहाल अहिलेसम्म सन्तुष्ट हुनुहुन्छ । उहाँले २ रोपनी जग्गामा
गोलभेंडा खेती गर्नुभएको छ । चैतमा लगाइएको गोलभेंडा मंसिरसम्म फलिरहन्छ ।
एकपटकमा डेढ सयदेखि दुईसय किलोसम्म गोलभेंडा टिपेर बेच्नुहुन्छ । भाउ कहिले
बढ्छ, कहिले घट्छ । यसवर्ष ६० रुपैंयासम्म भाउ पुगेको थियो । अहिले भने
घटेर २५/३० रुपैंयासम्म आइपुगेको छ ।
‘भाउ घटबढ भैरहने भएकाले सालाखाला ५०
रुपैंयाले हिसाब गर्दा एकपटकमा १० हजार रुपैंया कमाई हुन्छ भनौं’ दाहालले
भन्नुभयो, ‘तर खर्च जोड्दा त्यति बच्दैन ।’ तैपनि एक सिजनमा गोलभेंडा
खेतीबाट खर्च कटाएर २५ प्रतिशत नाफा हुने उहाँले बताउनुभयो ।
पहिले
त भाउ थियो, अहिले त छैन’ उहाँले भन्नुभयो, ‘तराईमा बन्द भएपछि गोलभेंडा
काठमाडौंको बजारमा मात्रै केन्द्रित गर्नुपरेकाले भाउ राम्रो छैन ।’
व्यवसायिक रुपमा गोलभेंडा खेती गर्ने सबै
किसानको अवस्था यस्तै हो । भाउ कहिले सोचेको जस्तो हुन्छ, कहिले हुँदैन ।
तैपनि गोलभेंडा खेतीबाट घाटा व्यहोर्नु नपर्ने उनीहरु बताउँछन् । एउटै
बोटमा ७/८ किलोसम्म गोलभेंडा फल्छ । भाउ राम्रो हुँदा एउटै बोटबाट ५ सय
रुपैंयासम्म कमाई हुने किसान दाहालले बताउनुभयो ।

Post a Comment