काठमाडौं, असोज १२ – आज मंगलबार विश्व मुटु दिवस ‘स्वस्थ  मुटुका लागि मुटुमैत्री वातावरण निमार्ण गरौँ’ भन्ने नाराका साथ मनार्इंदै छ । अस्वस्थ खानपान र अव्यवस्थित जीवनशैलीका कारण मुटु सम्बन्धी समस्या देखिन थालेको भन्दै यस वर्ष मुटुलाई स्वस्थ राख्नु पर्नेमा जोड दिइएको छ ।
खानपान र जीवनशैलीमा ध्यान नदिँदा हरेक वर्ष मुटु सम्बन्धी समस्या बढ्दै गएको छ । १० वर्ष अघिसम्म ५० वर्ष नाघेकालाई मुटु सम्बन्धी समस्या देखिने गरेको भएपनि केही वर्षयता युवा र बालबालिकामा पनि मुटुको समस्या देखिन थालेको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२० सम्ममा नेपाल लगायत विकासोन्मुख राष्ट्रमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या ३५ प्रतिशत भन्दा बढी पुग्नेछ ।
नेपालमा अहिले १५ प्रतिशत नागरिकमा कुनै न कुनै मुटु सम्बन्धी समस्या भएको विशेषज्ञले बताएका छन् । स्वस्थ मुटुुका लागि स्वस्थ जीवनशैली अपनाउन विशेषज्ञले सुझाव पनि दिएका छन् ।

Post a Comment

 
Top