काठमाडौं, असोज ८ – यसवर्षको इन्द्रजात्रा विधिवतरुपमा सुरु भएको छ । शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा काठमाडौंको हुनमानढोकामा लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा सुरु भएको हो ।

केन्द्रीय मानन्धर संघका उपसभापति मोहनकृष्ण मानन्धरका अनुसार  यसपाली विनाशकारी भूकम्पका कारण कागेश्वर र राधाकृष्ण मन्दिर क्षतिग्रस्त भएकोले अस्थायी खम्बाको व्यवस्था गरेर लिंगो ठड्याइएको छ । त्यस्तै लिंगो ढाल्नको लागि पनि क्षतिग्रस्त सम्पदाको सुरक्षालाई ध्यानमा राखेर क्रेनको मद्धत लिनेबारे छलफल भइरहेको मानन्धरले बताउनुभयो ।
लिंगोसँगै काठमाडौं शहरको रक्षाको लागि भन्दै चार कुनामा गाडिने लाकासी भनिने अष्टमात्रिकाको प्रतीक पनि ठड्याइएको छ । इन्द्रजात्रा सुरु भएको प्रतिकस्वरुप ललितपुर, भक्तपुर दरबार क्षेत्र लगायत अरु ठाउँमा सानो लिंगो ठड्याउने गरिन्छ । 

Post a Comment

 
Top