तेह्रथुम, असोज ८ – पूर्वी तराईमा भइरहेको निरन्तरको बन्दका कारण आयात ठप्प भएपछि तेह्रथुमका बजारहरुमा एक साता यता खाने नुनकै अभाव भएको छ ।

सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, बसन्तपुर लगायतका बजारमा नुनको अभाव भएको छ । बन्दले आयात ठप्प हुँदा स्टकमा रहेका नुन लगायतका खाद्यबस्तु सकिदै गएको व्यापारीेले बताएका छन् । पछिल्लो पटक छिमेकी राष्ट्र भारतले सीमामा आयात ठप्प पार्ने हल्ला चलेपछि अतिआवश्क बस्तु व्यापारीहरुले लुकाउन थालेकाले बजारमा अभाव भएको उपभोक्ताको गुनासो छ । 
नाकाबन्दीको हल्लाले उपभोक्ताहरु पनि त्रसित बन्नुका साथै सामान्य अवस्थाको भन्दा बढी खरिद गर्न थालेपछि अभाव खड्किएको व्यापारी पार्वती डाँगीले बताउनुभयो । गएका दिनहरुमा एक के.जी नुन किन्ने ग्राहकले पनि यो साता कम्तिमा १० के.जी. खरिद गर्न खोज्ने गरेका छन्, व्यापारी पौडेलले भन्नुभयो ।
तेह्रथुम उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र काफ्लेले हल्लाका पछि लागेर व्यवसायीले अभाव नगराएको बताउनुभयो । उहाँले उपभोक्तालाई नआत्तिन र हल्लाकै भरमा त्रसित बनेर चाहिने भन्दा बढी खरिद नगर्न समेत अनुरोध गर्नुभयो । 

Post a Comment

 
Top