'मधेस विरोधी' संविधानमा हस्ताक्षर गरेको आरोप

Janakpur-(3)
७ असोज, धनुषा । तराई मधेसमा आन्दोलनरत संयुक्त युवा संघर्ष समिति जनकपुरले नेपाली कांग्रेसका नेता एवम् सभासदहरुको घरमा कालो झण्डा राखेर धर्ना दिएको छ ।
संघर्ष समितिले कांग्रेस नेता एवं भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधि, कांग्रेसका सभासदहरु रामकृष्ण यादव र आनन्दप्रसाद ढुंगानाको घरमा कालो झण्डा झुण्ड्याएर घर्ना दिएको हो ।
मधेसका मुद्दामा मौन बसेको र ‘मधेस विरोधी’ संविधानमा हस्ताक्षर गरेकाले उनीहरुको घरमा कालो झण्डा राखेर धर्ना दिएको संघर्ष समितिका संयोजक धर्मेन्द्र साहले जानकारी दिए ।
संघर्ष समितिले मधेसी मोर्चाको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ ।

Post a Comment

 
Top