काठमाडौं, असोज ५ – संविधानसभाबाट संविधान बनेको खुशीयालीमा नेकपा एमालेले मंगलबार चियापान कार्यक्रम गर्दैछ ।

काठमाडौंको दशरथ रंगशालामा दिउँसो एक बजेपछि सुरु हुने चियापानमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सभासद, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, उद्योगी व्यवसायी, पेसाकर्मी, कलाकर्मी लगायत सबै क्षेत्रका प्रतिनिधि र आमनागरिकलाई निमन्त्रणा गरिएको एमालेले जनाएको छ ।
एमालेका अनुसार संविधान निर्माण र जारी गर्ने प्रक्रियामा सहभागी नभएका पार्टी र नेतालाई पनि चियापानमा निमन्त्रणा गरिएको छ ।

Post a Comment

 
Top