काठमाडौं, असोज ११ – काठमाडौंमा आयल निगमले जोर बिजोर प्रणाली अनुरुप चलिरहेका गाडीहरुलाई सोमबार छुट्टा छुट्टै पम्पबाट  तेल वितरण गर्दै छ ।
भारतीय सीमामा भएको नाकाबन्दीले गर्दा भएको तेलको समस्याले गर्दा निगमले गाडीहरुलाई कति कति तेल उपलब्ध गराउने तालिका सार्वजनिक गरेको छ ।  पेट्रोलबाट चल्ने दुई पांग्रे सवारी साधनलाई प्रति हप्ता तीन लिटर, कार जीपहरुलाई प्रति हप्ता १० लिटर, सार्वजनिक सवारी साधनहरुलाई जोर वा विजोर दिनमा मात्र १० लिटर उपलब्ध गराउने भएको छ ।
त्यस्तै डिजेलबाट चल्ने नीजि गाडीहरुलाई प्रति हप्ता १० लिटर, सार्वजनिक सवारी साधनलाई १५ लिटर जोर वा विजोर दिन र स्कुल कलेजका बसहरुलाई २० लिटर जोर वा विजोरका दिन उपलब्ध गराउने भएको छ ।
आयल निगमले सोमबार ११ वटा पेट्रोल पम्पबाट पेट्रोल र ४८ वटा पम्पबाट डिजेल वितरण गर्दै छ ।
हेर्नुहोस् कहाँ कहाँबाट बाड्दै छ निगमले तेल 



Post a Comment

 
Top