ताप्लेजुङमा अर्को एम्बुलेन्स नभए पछि बिरामी पुर्याएर रातिनै फुरुम्बुका अर्का बिरामी लिन फकैदै गरेको नेपाल ग्रामिण मञ्च ताप्लेजुङको मे १ ज १९२८ नंबरको एम्बुलेन्स राति ताप्लेजुङ नगरपालिका ८ स्थित मेचि राजमार्ग अन्तर्गत ल्याङ्वामा तोडफोड भएको हो ।
संघीय लिम्बुवान पार्टी नेपालले आवाहान गरेको बन्दकै समयमा गएराति एम्बुलेन्स तोडफोड भए पनि सो पाटिले आफुहरुको तोडफोडमा कुनै संलग्नता नरहेको बताएको छ । संघीय लिम्बुवान पार्टी नेपालका जिल्ला उपाध्यक्ष ईन्द्र श्रेष्ठले बन्दको समयमा एम्बुलेन्स, प्रेस, शव वाहन, कुटनीतिक नियोगका सवारीसाधनलाई निर्बाधरुपमा सञ्चालन हुन दिएकाले तोडफोडमा आˆनो पार्टीको सहभागिता नरहेको बताए ।
यता जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) शान्तिराज कोईरालाले तोडफोडमा संलग्नको पहिचान भएकाले पक्राउ गरी कारवाहि गरिने बताएका छन् ।
सरौचियामा पनि एम्बुलेन्स तोडफोड
विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् ।
विराटनगरको सरौचियामा बिरामी लिन गएको एम्बुलेन्स आन्दोलनकारीले तोडफोड गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाका अनुसार सरौचियामा बिरामी लिन गएको मे१च १६७९ नम्बरको एम्बुलेन्समा आन्दोलनकारीले सोमबार साँझ तोडफोड गरेका हुन् । सरौचिया चौकको सहलेस मन्दिरको छेउमा टर्निङ गर्ने क्रममा आन्दोलनकारीले पछाडिबाट एम्बुलेन्समा ढुङ्गा हानी तोडफोड गरेको चालक राजवंशीले बताए ।
आन्दोलनकारीले प्रेस, एम्बुलेन्स, दूधको गाडीलगायत साधनलाई चल्न दिने बताए पनि पटक–पटक तोडफोड हुँदै आएको छ । त्यस्तै नेपाल टेलिकमको गाडी र राष्ट्रिय मानवअधिकार आयोगको गाडीमा पनि आन्दोलनकारीले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखाका प्रशासक कमल कोइरालाले एम्बुलेन्समाथि भएको तोडफोडको भत्र्सना गर्दै तोडफोडमा संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।
Post a Comment