काठमाडौं, असोज १३ – नेपाल र भारतका भन्सार र सुरक्षा अधिकारीबीच रुपन्देहीको बेलहिया नाका खुलाउने सहमति भएको छ । 

दुई देशका अधिकारीबीच बुधबार भएको बैठकले दुवै पक्षको अवरोध हटाएर नाका खुलाउने सहमति भएको बेलहिया भन्सारका प्रमुख लावण्ड ढकालले जानकारी दिनुभयो । 
दिउँसो पौने दुई बजेसम्म आठवटा पेट्रोलियम पदार्थ बोकेको र २० वटा फलफूल तथा तरकारी बोकेका ट्रक नेपाल छिरेका छन् । 
मधेसमा भइरहेको आन्दोलनका कारण असुरक्षा भएको भन्दै भारतले अघोषित रुपमा एक हप्तादेखि नाकाबन्दी गर्दै आएको थियो । बेलहिया नाकामा आन्दोलनकारीले अवरोध नगरे पनि भारतीय पक्षले नेपालमा आपूर्ति रोकेको थियो । 
अवरुद्ध नाका खुलाउन नेपालले कुटनीतिक रुपमा पहल गरिरहेको छ । 

Post a Comment

 
Top