विराटनगर, असोज ११ – मोरङमा बन्दको मौका छोपेर काठ तस्कर सक्रिय भएका छन् । मोरङको उत्तरी क्षेत्रमा बन्दको मौका पारेर तस्कर सक्रिय भएका हुन् । आइतबार राति प्रहरीले एउटा म्याजिक भ्यानसहित अवैध सालको काठ नियन्त्रणमा लिएको छ ।
पूर्वबाट अवैध सालको काठ लिएर इटहरीका लागि छुटेको मे १ च ३८५० नम्बरको म्याजिक भ्यानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको हो ।
चेकप्वाईन्ट छलेर तीब्र गतिमा भागेको भ्यानलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक श्रीराम भण्डारीको कमाण्डमा रहेको टोलीले उर्लाबारी नगरपालिका–५ आइतबारेको पश्चिम बस स्टेसनबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ४९ दशमलव ६ क्युफिट सालको काठ बरामद भएको प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top