सप्तरी, असोज १० – मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार बिहान सप्तरीको राजविराजस्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा तोडफोड गरेका छन् ।
बन्दको क्रममा शनिबार राति प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ३ जना प्रर्दशनकारी घाइते भएका छन् । उनीहरुको धरान र बिराटनगरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यस्तै प्रदर्शनकारीले दर्जन बढी गाडीमा तोडफोड गरेका छन् ।
प्रहरीले सप्तरी हुँदै पूर्वतर्फ जाने २ सय ७२ वटा र पूर्वबाट पश्चिमतर्फ जाने २ सय ९२ वटा गाडीलाई स्कटिङ गरेर पठाएको छ ।

Post a Comment