काठमाडौं, असोज १२ - राष्ट्रिय लिग फुटबल अन्तर्गत मंगलबार भएको पहिलो खेलमा सुदुरपश्चिम फुटबल क्लव विजयी भएको छ । ललितपुरको सातदोबाटोमा भएको खेलमा सुदुरपश्चिमले नेपाल पुलिस क्लवलाई ४–१ को फराकिलो अन्तरले हरायो । 
सुदुरपश्चिमलाई जिताउन अनन्त तामाङ, शिव सुवेदी, बिमल घर्ती मगर र तेज तामाङले गोल गरे । पुलिसका जुमानु राईले एक गोल फर्काए ।  जितसँगै १४ खेलबाट १७ अंक जोडेको सुदूर पश्चिम अंक तालिकाको छैटौं र १२ खेलबाट १२ अंक नै जोडेको पुलिस सातौं स्थानमा छन् ।

Post a Comment

 
Top