रुपन्देही, असोज ११ – रुपन्देहीको बेलहिया नाकामा धर्नामा बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् । 
भारतबाट पेट्रोलियम पदार्थलगायतका सामान बोकेर आएका गाडी नेपाल छिर्न नदिने भन्दै दशगजा क्षेत्रमा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका हुन् । स्थानीयबासिन्दाले प्रदर्शन गरेपछि धर्नामा बसेका आन्दोलनकारी भारततर्फ भागेका छन् । उनीहरु भागेपछि नाका खुलेको छ । 
नाका खुलेपछि अहिलेसम्म यो नाकाबाट ३५ वटा गाडी नेपाल प्रवेश गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ । जसमा दुई वटा ग्यास बोकेको गाडी र एउटा तेलको ट्यांकर रहेको भन्सार कार्यालयले जनाएको छ । बाँकी धेरैजसो गाडीमा छिट्टै नष्ट हुने खालका सामग्री (फलफुल, आलु र प्याज) छन् । 
केही उद्योगका कच्चा पदार्थ बोकेका गाडी पनि आएकोे प्रमुख भन्सार अधिकृत लावण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।  सोमबार नै थप आठ ट्यांकर तेल आउन लागेको भारतीय पक्षले आफूलाई जानकारी दिएको उहाँले बताउनुभयो ।

Post a Comment

 
Top