मलेसिया, असोज १० – मलेसियामा कार्यरत पत्रकार गणेशकुमार आचार्यको राहदानी दूतावासले फिर्ता गरेको छ । नेपाल र मलेसियाबीचको सम्बन्धमा असर गर्ने र झुटो समाचार प्रकाशन गरेको भन्दै असोज २ गते पत्रकार आचार्यको राहदानी दूतावासले जफत गरेको थियो ।

आचार्यको विवरणका राख्न कम्पनीबाट राहदानी लिएको र सम्बन्धित कम्पनीमै फिर्ता गरिएको दूतावासले विज्ञप्ती मार्फत जनाएको छ । विज्ञप्तीमा भनिएको छ ‘राहदानी प्रयोजनपछि दूतावासले आचार्यलाई नै फिर्ता गर्न चाहेपनि सम्पर्कमा नआएपछि उहाँ कार्यरत कम्पनीमा फिर्ता गरिएको हो ।’
सही समाचार सम्पे्रषण गर्न आग्रह गर्दै सही सूचनाका लागि सधैं सहयोग गर्ने पनि दूतावासले जनाएको छ । तर पत्रकार आचार्यले सर्वोच्च अदालतमा उजुरी दर्ता गराउनु भएको छ । 

Post a Comment

 
Top