यूएई, असोज १० – नेपाल मगर संघ यूएईको आठौं  महाधिवेशनले राजु सिजांली मगरको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

समितिको वरिष्ठ उपाध्यक्षमा उपेन्द्र राना मगर, उपाध्यक्षमा टंक थापा मगर, सुजन थापा मगर र शिला थापा मगर सर्वसहमत चयन हुनुभएको हो । संघका केन्द्रीय समितिका विदेश विभाग प्रमुख तथा अन्तर्राष्ट्रिय मगर मञ्चका सचिव रक्षाबहादुर मगरको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनले महासचिवमा एचबि मगर, सचिवमा मनसारु मगर, कोषाध्यक्षमा सुरेन्द्र डिसुवा मगर, सहकोषाध्यक्षमा लोक सुनारी मगर र प्रवक्तामा विकास थापा मगरलाई चयन गरेको छ । 

Post a Comment

 
Top