जनकुपर, असोज १२– एकीकृत नेकपा माओवादी परित्याग गरेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न जनकपुर पुग्नुभएको छ ।
जनकपुर पुगे लगत्तैे सञ्चारकर्मीसँग भट्टराईले लामो आन्दोलनले पनि मधेसीको माग पूरा नभएकाले समर्थन गर्न आएको बताउनुभयो । संविधान जारी हुँदा खुशी नमनाएका भट्टराई मधेसीको जायज माग सम्बोधन गर्नुपर्ने अडानमा हुनुहुन्छ । 
भट्टराई जनकपुर पुग्दा उहाँको समर्थन र विरोधमा नाराबाजी भएको छ । आन्दोलनरत मधेसी मोर्चाका केहि कार्यकर्ता र भट्टराईकै समर्थकले उहाँ जनकपुर आएकोमा स्वागत गरेका छन् । 
मधेसी संयुक्त संघर्ष समिति र मधेस अधिकार संघर्ष समितिले भने मधेश आन्दोलनमा बाबुराम भट्टराईको आवश्यकता नरहेको भन्दै फिर्ता हुन दवाव दिएका छन् । उनीहरुले 'गो ब्याक बाबुराम' अर्थात बाबुराम फिर्ता जाउ भन्ने नारा पनि लगाएका छन् ।

Post a Comment

 
Top