upendra-yadav
१० असोज, बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरको रानी भन्सार नाकामा धर्नामा बसेका छन् ।
भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले रानीको दुई नम्बर ढाटमा धर्ना दिएका थिए ।
उपेन्द्र धर्ना बसेको स्थानमा भारतीय युवा तथा मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट नेपाली प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
भारतीय युवाहरुले ढुंगा तथा खाली बोतल प्रहार गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगा पौडेलले बताए । उनका अनुसार ५०/६० जनाको समूहले भारतीय सीमाक्षेत्रवाट नेपाली प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
आन्दोलनकारीले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हानेपछि सीमा नाकामा तनाव भएको थियो ।
जोगवनी नाकामा चार दिनदेखि ८ सयभन्दा बढी सवारी साधन सडकमै रोकिएर बसेका छन् ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top