काठमाडौं, असोज ९ - प्रधानमन्त्री सुशील कोइरालाले तराईमा आन्दोलनरत मधेसी नेताको उत्तेजित भाषणका कारण कैलालीको टीकापुरमा सुरक्षाकर्मी मारिएको बताउनुभएको छ ।

टीकापुर पुगेका प्रधानमन्त्री कोइरालाले कांग्रेस सभासद अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका राजेन्द्र महतो लगायतका नेताको उत्तेजक अभिब्यक्तिका कारण भदौ ७ गते टीकापुरमा प्रहरीका उच्च अधिकारीसहित ९ जनाको हत्या भएको बताउनुभयो । उहाँले उत्तेजक भाषण गर्ने र नागरिक भड्काउने कांग्रेस नेता  अमरेशकुमार सिंहलाई पार्टीले कारवाही गर्ने बताउनुभयो ।
भारतले सिमामा गरेको कडाइ हटाउन कुटनीतिक रुपमा पहल भइरहेकाले छिट्टै त्यो हट्ने प्रधानमन्त्री कोइरालाको विश्वास छ । नयाँ संविधानमा सवैका माग नसमेटिए पनि अधिकारबाट कोही बञ्चित नहुने पनि उहाँले बताउनुभयो । 
प्रधानमन्त्री कोइराला वनमन्त्री महेश आचार्य, प्रधानसेनापति राजेन्द्र क्षेत्री, गृह सचिव सूर्य सिलवालसहित टीकापुर पुग्नुभएको हो । उहाँले त्यहाँको सुरक्षा अवस्था र चलिरहेको आन्दोलनका बारेमा जानकारी लिनुभयो । 
थारु नेता टीकाराम महतो तेजराम चौधरी जंगबहादुर साउद लगायतले टिकापुर घटनाका दोषीलाई कारबाही गरेर थारुलाई अधिकार दिन माग गर्नुभयो । 

Post a Comment

 
Top