काठमाडौं– एकीकृत माओवादीले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पहल गर्ने भएको छ । पार्टी पदाधिकारीको बुधवार बसेको वैठकले थप निर्णयका लागि असोज १० र ११ गते केन्द्रीयसमितिको वैठक आव्हान गरेको पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलले बताए ।maoist-office
‘माओवादी राष्ट्रिय सहमतिको सरकारको पक्षमा छ । अर्को चुनावसम्म मिलेर जानुपर्ने अबस्था छ । संविधान कार्यन्वन गर्न देखि सिमाङ्कन लगायतका विषय वाकी छन् । आन्दोलनरत दलसँग सहमतिगर्नुपर्ने छ । यस्तो अबस्थामा अर्को चुनाव नहुन्जेल राष्ट्रियसहमतिको सरकारको खाँचो छ भन्ने एमाओवादीको भनाई छ’ गजुरेलले रातोपाटीसँग भने, ‘यो विषयमा पाटी केन्द्रीय समिति वैठकमा थप निर्णय हुन्छ ।
गजुरेलले केन्द्रीय सल्लाहकार र केन्द्रीय परिषद सदस्यसहितको केन्द्रीय समितिको वृहत वैठकले नयाँ सरकार गठनवारे पार्टीको धारणा बनाउने बताए ।
उनले वैठकले कार्ययोजन बनाएर संविधानका विषयमा देखिएका भ्रम मेटाउन नेता–कार्यकर्तालाई फिल्डमा पठाउने पनि जानकारी दिए । उनले केन्द्रीय समिति वैठक प्रशिक्षण मुलक हुने बताए ।
पार्टीभित्रको वैचारिक छलफल र नेतृत्व हस्तान्तरण सम्बन्धी २५ बुँदे प्रस्तावलाई परिमार्जन गरेर थप छलफल गर्न दशै–तिहारकोवीचमा केन्द्रीय समिति वैठक बोलाउने निर्णय भएको पनि कोषाध्यक्ष गजुरेलले जानकारी दिए ।

Post a Comment

 
Top