काठमाडौं, असोज ६– विकसित राजनीतिक घटनाक्रमका कारण प्रधानमन्त्री सुशील कोइराला संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन नजाने भएपछि उपप्रधानमन्त्री प्रकाशमान सिंह जानु हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ७० औँ महासभामा भाग लिन प्रधानमन्त्री कोइराला बुधबार साँझ न्युयोर्क जाने पूर्व निर्धारित कार्यक्रम थियो । मुख्य तीन दलको बैठकमा प्रधानमन्त्रीलाई न्युयोर्क भ्रमण रद्द गर्न दबाब परेपछि उपप्रधानमन्त्री सिंहलाई पठाइने भएको हो ।
संविधानप्रति असन्तुष्टी राख्दै आन्दोलन गरिरहेका दलसँगको वार्ता छाडेर भ्रमणमा नजान कोइरालामाथि दबाब परेको थियो । उपप्रधानमन्त्री सिंहसँग प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार दिनेश भट्टराई पनि जानुहुने भएको छ । 

Post a Comment

 
Top