७ असोज, झापा । झापाको शनिअर्जुन नगरपालिका–३ दहिझोडाबाट एक थान भरुवा बन्दुक, ७० ग्राम बारुद छर्रा र एक थान मोटरसाइकलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । सिकार खेल्न गइरहेको अवस्थामा बुधबार साँझ उनीहरूलार्इ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा खुदुनाबारी गाविस–८ बस्ने २० वर्षीय सनम खतिवडा र २४ वर्षीय प्रदीप भण्डारी तथा शनिअर्जुन नगरपालिका–३ बस्ने २३ वर्षीय गौरव बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकामाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । रासस

Post a Comment

 
Top