रौतहट, असोज १० – आफ्नो छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै युवतीको परिवारले एक युवकको हत्या गरेको रहस्य खुलेको छ । रौतहट इनरवा–३ का भुनेश्वरलाल राउत कुर्मीको परिवारले आफ्नी छोरीसँग अनैतिक सम्बन्ध राखेको भन्दै एक युवकको हत्या गरेको प्रहरीले बताएको छ । प्रेम सम्बन्धका कारण रौतहटको इनरवा–३ का १७ वर्षका जितेन्द्रप्रसाद कुशवाहाको हत्या भएको हो । युवतीको परिवारले आफ्नो छोरीसँग पटक पटक अनैतिक सम्बन्ध राख्न खोज्दा परिवारजनले थाहा पाएपछि जितेन्द्रलाई नियन्त्रणमा लिएर भदौ २७ गते हत्या गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । 

शनिबार आयोजित पत्रकार सम्मेलनमा हत्याकाण्ड बारे जानकारी दिँदै प्रहरी निरीक्षक नवराज खड्काले मृतक जितेन्द्रले एकै परिवारका दुई युवतीसँग अनैतिक सम्बन्ध राख्ने गरेको जानकारी पाएका परिवारले युवक कुशवाहालाई घाँटी थिचेर हत्या गरेको बताए ।
पक्राउ पर्नेमा भुनेश्वर राउत, सुगान्धी राउत, रीता कुमारी पटेल र इन्द्रजित पटेल रहेका छन् । चार पाँच पटक घरमै आएर छोरीसँग जवरजस्ती गर्न खोज्ने युवकलाई समातेर उसको अभिभावकलाई जिम्मा लगाई छोरालाई सुधार्न चेतावनी दिँदा पनि युवक नसुध्रिए पछि विवश भएर हत्या गरेको भुनेश्वर लालले स्वीकारेको प्रहरीले बताएको छ । 
गएको भदौ २७ गते राति ११ बजेको समयमा छोरीको मोवाइलबाट युवक कुशवाहालाई घरमै बोलाएर उनका अभिभावकहरुले नियन्त्रणमा लिएर छिमेकी गाउँ पिपरा परोहा गाविस ७ स्थित सोती पुल नजिकैको झाडीमा घाँटी थिचेर हत्या गरी फरार भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । 

Post a Comment

 
Top