काठमाडौं, असोज ७ – राष्ट्रिय लिग फुटबल अन्र्तगत बिहीबार भएको खेलमा मनाङ मर्स्याङदी क्लब विजयी भएको छ । ललितपुर सातदोबाटो एन्फा कम्प्लेक्समा आज दिउँसो भएको खेलमा मनाङले सुदूर पश्चिम फुटबल क्लबलाई ६–० ले हराएको हो ।

मनाङका लागि २७ औं मिनेटमा रुपेश केसीले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ३७ औं मिनेटमा बिशाल राई बीले अग्रता दोब्बर पारे । पहिलो हाफको अन्तिम समयमा डोडोजले गोल गर्दै मनाङको अग्रता ३–० मा पुर्‍याए । एक पक्षीय बनेको खेलमा ५६ औं मिनेटमा अनिल गुरुङले गोल गरेपछि मनाङको अग्रता ४–० मा पुग्यो ।
मनाङका लागि थप दुई गोल दीपक राईले गरे । राईले ६४ औं मिनेट र इन्जुरी समयको पहिलो मिनेटमा गरी दुई गोल गरेका हुन् । जितपछि मनाङको ९ खेलबाट १६ अंक भएको छ । पराजित सुदूर पश्चिमको १२ खेलबाट १४ अंक छ ।

Post a Comment

 
Top