Nepal-Indain-Police
१२ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकामा भारतीय सीमाबाट नेपालतर्फ ढुंगा प्रहार भएपछि स्थिति तनावग्रस्त भएको छ । अहिले भारतीय भूमिबाट नेपाल सरकार विरूद्ध नाराबाजी भैरहेको छ । मंगलबार तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीको नेतृत्वमा मोर्चाका कार्यकर्ताहरु नाकामा धर्नामा बस्ने कार्यक्रम थियो । सो कार्यक्रममा सहभागी हुन त्रिपाठी विहान ९ बजेको पहिलो उडानबाट काठमाडौंबाट भैरहवा पुगिसकेका थिए। मोर्चाका कार्यकर्ताहरु पनि नाका वरपर जम्मा भएका थिए । तर, नेता त्रिपाठी धर्नामा जान नपाउँदै भारतीय भूमिबाट ढुंगा हानिएपछि स्थिति तनावपूर्ण बनेको छ । नेपालीले पनि भारतीय भूमितर्फ ढुङ्गा हान्ने प्रयास गरेपछि प्रहरीले केही आन्दोलनकारीलाई नियन्त्रणमा लिएको छ ।

Post a Comment

 
Top