खोटाङ, असोज ११ – खोटाङ र ओखलढुंगाको जयरामघाटस्थित दुधकोशी नदीमा र्‍याफ्टिङ सञ्चालन गरिने भएको छ । 
जयरामघाट आसपासका ओखलढुंगा र खोटाङका युवाले दुधकोशीको रभुँवाघाटबाट सोक्माटारसम्मको दुरीमा र्‍याफ्टिङ सञ्चालन गर्ने तयारी गरेका छन् ।
धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई लक्षीत गर्दै दुधकोशीमा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ । जलयात्राको व्यवसायीकरणसँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित र्‍याफ्टिङको सञ्चालन गर्ने तयारी गरिएको र्‍याफ्टिङ सञ्चालकमध्येका एक सुरेन्द्र राईले बताउनुभयो । 
जयरामघाटबाट दुधकोसीको किनारै–किनार रभुवाँसम्म सडक निर्माण भए र्‍याफ्टिङ व्यवसायलाई अझ प्रभावकारीरुपमा सञ्चालन गर्न सकिने व्यवसाायीहरु बताउँछन् ।

Post a Comment

 
Top