आयोजकले ५० हजारले अवलोकन गर्ने लक्ष्य राखेकोमा ६० हजारले अबलोकन गरेको मेलाका संयोजक शम्भूप्रसाद दाहालले जानकारी दिए । दाहालका अनुसार मेलामा सबैप्रकारका सवारी साधन गरी ५ अर्ब रुपैयाँ बराबरको बुकिङ भएको छ ।
नाम दर्ता गराउनेमध्ये केहीले बुकिङ गरेको स्टलमा रहेका बैंकका प्रतिनिधिहरुले जानकारी दिएका छन् । सबैभन्दा बढी ग्राहकले एनएमबि बैंकमा आफ्नो नाम लेखाएका छन् । गाडी किन्न भन्दै १००० जनाले नाम लेखाएको बैंकले जनाएको छ । बैंकले ६.९९ प्रतिशतमा ऋण दिने आकर्षक योजना ल्याएको थियो ।
त्यसैगरी, हिमालयन बैंकमा ७०० जनाले नाम लखाएका छन् भने स्टान्डर्ड चाटर्ड र एनआइसी एसियामा ५००/५०० सयले नाम लेखाएका छन् ।
त्यस्तै, लक्ष्मी बैंकमा ३ सय ८०, ग्लोब आइएमइमा ३५०, मेगामा १५०, प्रभूमा १०० र यति विकास बैंकमा ५२ जनाले नाम लेखाएको सम्बन्धित बैंकका प्रतिनिधिले जानकारी दिए ।
बैंकहरुले गाडीको मूल्यको ८० प्रतिशतसम्म ऋण दिने योजना अघि सारेका थिए । ग्राहकको आम्दानीको स्रोत विश्वस्त भए बैंकहरुले २ दिनमै कर्जा दिनेसम्मका स्किम पनि ल्याएका थिए ।
अटो मेलामा गाडी किन्न भन्दै कुन बैंकमा कतिले नाम लेखाए ?
| बैंक | नाम लेखाउनेको संख्या | व्याजदर (प्रतिशतमा) |
|---|---|---|
| स्टान्डर्ड चार्टड | ५०० | ६.५० |
| एनएमबि | १००० | ६.९९ |
| लक्ष्मी | ३८० | ७.०० |
| एनआइसी एसिया | ५०० | ६.९९ |
| हिमालयन | ७०० | ६.५० |
| प्रभू | १०० | ८.४९ |
| ग्लोबल आइएमइ | ३५० | ७.०० |
| मेगा | १५० | ७.३५ |
| यति विकास | ५२ | ९.४९ |

Post a Comment