६ असोज, काठमाडौं । मधेसको माग सम्बोधन नगरी नेपालको संविधानसभाले नयाँ संविधान जारीगरेकोमा रुष्ट भारतले आफ्नो देशको सुरक्षाको स्थिति देखाउँदै नाकाबन्दीको चेतावनी नै दिइसकेको छ । भारतले साँच्चिकै नेपालमा आर्थिक नाकाबन्दी गर्‍यो भने के होला ?

unnamedव्यापारिक, राजनीतिक र सुरक्षाका दृष्टिकोणले नेपालसँग सम्बन्ध विगार्दा नेपाललाईभन्दा बढी भारतलाई नै क्षति हुने देखिन्छ । तर, यसको भरपुर फाइदा भने उत्तरको छिमेकी राष्ट्र चीनलार्इ हुन्छ ।
नेपालले करिब डेढ दर्जन वस्तुहरु भारत र चीन दुबै देशबाट आयात गर्दै आएको छ । भारतले नाकाबन्दी गरेको खण्डमा पक्कै पनि यी बस्तुहरु नेपालले चीनबाट ल्याउने छ ।
हुन त अहिले नेपालको कुल बैदेशिक व्यापारको दुइतिहाइ हिस्सा भारतसँग छ । पेट्रोल, खाद्यान्न, लत्ताकपडा, मेसिनरीलगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुको आयात भारतबाटै हुन्छ । गत वर्ष मात्रै भारतबाट नेपालले ४ अर्ब ९१ अर्ब ६५ करोड रुपैयाँ बराबरका विभिन्न बस्तुहरु खरिद गरेको थियो ।
भारतको तुलनामा उत्तरी छिमेकी राष्ट्र चीनसँगको व्यापारको अवस्था अत्यन्तै कम छ । गत वर्ष चीनबाट नेपालले १ खर्ब १७ करोड रुपैयाँ बराबरका विभिन्न वस्तुहरु आयात गरेको थियो ।
पछिल्ला वर्षहरूमा नेपाली उपभोक्ताहरू अायातमा निर्भर हुँदै अाएका छन् । राजनीतिक संक्रमणका कारण मुलुकमा उत्पादनशील उद्योगहरू खुल्न नसक्दा वर्षेनी अायात बढेको हो ।  दक्षिणको छिमेकी राष्ट्र भारत र उत्तरको छिमेकी राष्ट्र चीनबाट नेपालले के-के बस्तुहरू र के-कति मूल्य बराबरको अायात गर्दै छ त ?
यी हनु भारतबाट आयात हुने बस्तुहरु
बस्तुरुपैयाँ
कृषि औजार तथा पार्टपुर्जा९ अर्ब ४० करोड ७१ लाख
आल्मनियम वारलगायत३ अर्ब १९ करोड ७६ लाख
बच्चाको खाना र दुध४ अर्ब ६६ करोड
बिटुमिन६४ करोड ९२ लाख
किताब तथा म्यागेजिन१ अर्ब ६५ करोड
रासायनिक मल५ अर्ब ९५ करोड
रासायनिक३ अर्ब ९ करोड
कोइला६ अर्ब २१ करोड
कोलड्रोलेट सिट७ अर्ब १७ करोड
ख्ाना पकाउने चुलो२४ करोड ५३ लाख
कस्मेटिक्स१ अर्ब ८६ करोड
कागजपत्र१ अर्ब १९ करोड
ड्राइसेल ब्याट्री३ अर्ब ७४ करोड
विद्युतीय उपकरण१० अर्ब ७२ करोड
इनामेल तथा अन्य पेन्टस१ अर्ब ९० करोड
फलफूल३ अर्ब ७० करोड
ग्लास तथा ग्लाससिट३ अर्ब १५ करोड
हटरोल्ड सिट१३ अर्ब २६ करोड
इन्भेन्स स्टिक७० करोड ५७ लाख
इन्सेक्टिसाइड१ अर्ब ७७ करोड
जीबीत पशु१ अर्ब ५५ करोड
एमएस बिलेट२६ अर्ब ३३ करोड
एमएस तारलगायत५ अर्ब ३९ करोड
औषधि१७ अर्ब ८४ करोड
मेसिनरी पाटपुर्जा१८ अर्ब ८९ करोड
स्टेसनरी सामाग्री५४ करोड ६३ लाख
कागज५ अर्ब १४ करोड
पेट्रोलियम पद्धार्थ१ खर्ब १० अर्ब
पाइप एन्ड पाइप फिटिङ१ अर्ब ३४ करोड
प्लास्टिक२ अर्ब ६९ करोड
रेडियो र टिभीका डेक पाट१ अर्ब १८ करोड
कच्चा कटन१३ करोड
तयारी कपडा४ अर्ब ६० करोड
धान/चामल२४ अर्ब ७६ करोड
नून१ अर्ब १६ करोड
स्यानीटरी वायर३ अर्ब ३७ करोड
जुत्ता/चप्पल७८ करोड ६७ लाख
स्टिल५२ करोड
चीनी१९ करोड
चिया७ करोड
टेक्सटाइल३ अर्ब ८१ करोड
थ्रेड७ अर्ब २१ करोड
सूर्ती जन्य पद्धार्थ२ अर्ब ४ करोड
टायर तथा ट्यूव४ अर्ब ३२ करोड
तरकारी७ अर्ब ९९ करोड
सवारी तथा पाटपुर्जा४४ अर्ब १२ करोड
वायर प्रोडक्ट१ अर्ब २९ करोड
अन्य१ खर्ब ७६ करोड
कूल४ खर्ब ९१ ऋर्ब ६५ करोड

यी हुन चीनबाट अायात हुने बस्तुहरू
बस्तुरुपैयाँ
आल्मुनियम स्क्रयाप, फ्लेक, फोइल, बार एन्ड रड्स१ अर्ब ४४ करोड
ब्याग५४ करोड
क्यामेरा४७ करोड
केमिकल१ अर्ब १९
रसायनिक मल७ अर्ब ६२ करोड
कस्मेटिक२८ करोड
ड्राई सेल ब्याट्री१९ करोड ६१ लाख
इलेक्टि्रकल सामाग्री९ अर्ब ९ करोड
बााध्ने पदार्थ२१ करोड ४१ लाख
लसुन४५ करोड
ग्लासवेयर९१ करोड
मेडिकल औजार तथा टुल्स१ अर्ब ६० करोड
औषधि४७ करोड ५५ लाख
मेटल तथा काठका फर्निचर७० करोड ३६ लाख
कार्यालय सामाग्री तथा स्टेशनरी७५ करोड
अन्य मेसिनरी तथा पर्टस्८अर्ब ३२ करोड ३४ लाख
अन्य स्टेशनरी४५ करोड ७१ लाख
प्रफिन वाक्स२५ करोड ६२ लाख
पाइप एन्ड पाइ फिटिङ४९ करोड २६ लाख
प्लाई वुड एन्ड प्राटिकल बोर्ड३५ करोड ५० लाख
प्लाष्टिक पेज चिप्स५ करोड
कच्चा रेशम१ अर्ब ५४ करोड
कच्चा उन५२ करोड
तयारी पोशाक४ अर्ब ८ करोड
तयारी चाउचाउको लागि मसला पाउडर तथा फ्लेवर५ करोड
जुत्ता/चप्पल१ अर्ब ६८ करोड ५७ लाख
स्मार्ट कार्ड२२ करोड ५२ लाख
सोलार प्यानेल७१ करोड
स्टिल रड एन्ड सिट५५ करोड
स्टोरज ब्याट्री१ अर्ब ५ करोड
दूरसञ्चार उपकरण तथा पार्टस्१५ अर्ब ४० करोड
पोलिष्टर धागो३५ करोड
खेलौना५१ करोड
यातायात साधन तथा पार्टस्१ अर्ब ३२ करोड
टायर, ट्यूब एन्ड फ्लेप्स२० करोड
भिडियो, टेलिभिजन र पार्टस्४ अर्ब ४४ करोड
वेल्डिङ रड्स२६ करोड
ग्हुाका उत्पादन१६ करोड
राइटिङ एन्ड पि्रन्टिङ पेपर६४ करोड
अन्य वस्तुहरु३० अर्ब ६३
कुल१ खर्ब १७ करोड

- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top