नवलपरासी, असोज ११ – नवलपरासीको कावासोतिमा रहेको एउटा इलेक्ट्रोनिक्स पसलबाट आइतबार राति साढे चार लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले बताएको छ । 
इलाका प्रहरी कार्यालय नवलपुरका अनुसार आठ थान एलइडी टिभी र १२ हजार नगद गरी चार लाख ७२ हजार बराबरको धनमाल चोरी भएको हो । चोरले घरको पछाडीको ढोका फोरर चोरी गरेको र चोरीमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । चोरी भएको  पसल इलाका प्रहरी कार्यालय नवलपुरदेखि एक किलोमिटर पश्चिममा पर्दछ ।

Post a Comment

 
Top