modi-at-G4-Summit
१० असोज, काठमाडौं । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले न्युयोर्कमा जी-४ -जापान, ब्राजिल जर्मनी र भारत) का राष्ट्रप्रमुखको भेलामा बोल्दै भारत संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भएको बताए ।
मोदीले भारतलाई संसारकै ठूलो प्रजातन्त्रवादी देश रहेको भन्दै सुरक्षा परिषदको स्थायी सदस्यता दाबी गरिरँदा यता नेपालमा भने अन्तरराष्ट्रिय कानूनको ठाडो उल्लंघन गरेर भारतले नाकाबन्दी गरिरहेको छ ।
अन्तरराष्ट्रिय कानून अनुसार यसरी भूपरिवेष्ठित देशमाथि नाकाबन्दी गर्नु अर्को देशमाथिको आक्रमकता एवं शान्तिको उल्लंघन हो । भारतले यतिबेला नेपालमाथि अन्तरराष्ट्रिय कानून एव्र आफेंले हहस्ताक्षर गरेको जमैका सन्धीको उल्लंघन गरिरहेको छ ।
प्रजातान्त्रिक देश भनिएको भारतले लगाएको नाकाबन्दीका कारण नेपालको राजधानी काठमाडौंमा आइतबारदेखि जनजीवन प्रभावित हुन थालिसकेको छ । सडकमा यातायातका साधनहरु घटेका छन् । पेट्रोल पम्पमा तेल पाइन छाडेको छ । खाना पकाउने ग्यासको अभाव हुन थालेको छ । नेपालमा यतिबेला भारतीय प्रजातन्त्रको धज्जी उडिरहेको छ ।
कुनै पनि भूपरिवेष्ठित देशले अत्यावश्यक सामाग्रीहरुको आपूर्ति गर्न पाउने हक भारतले कुण्ठित गरिरहेको छ । तर, भारतीय प्रधानमन्त्री मोदी न्युयोर्कमा आफूलाई संसारकै सबैभन्दा ठूलो प्रजातन्त्रवादी दाबी गरिरहेका छन् ।
पाकिस्तानले उठायो कश्मिर मुद्दा
भारतीय प्रधानमन्त्री मोदीले राष्ट्र संघको स्थायी सदस्यताका लागि लविङ गरिरहँदा पाकिस्तानले कश्मिर विवादलाई फेरि उठाएको छ । यतिबेला पाकिस्तानी मिडियाहरुले कास्मिरको विवाद सभासधान नभएसम्म भारतलाई राष्ट्र संघको स्थायी सदस्यता दिन नहुने आवाज जोडदार रुपमा उठाएका छन् ।
कश्मिरलाई आफ्नो भाग्यको फैसला आफैं गर्न दिनुपर्ने पाकिस्तानको माग छ । छिमेकीलाई हेप्ने, दमन गर्ने, नाकाबन्दी गर्ने र दुःख दिने गरेकाले भारतलाई राष्ट्र संघको स्थायी सदस्यता दिन नहुने लबिङमा पाकिस्तानसँगै अफगानिस्तानमा समेत आवाज उठ्न थालेको छ ।
भारतले तालिवानीहरुलाई हतियार र पैसा दिएर पाकिस्तानको पेसावर क्षेत्रमा आक्रमण गराउने र आफ्नो देशलाई दुख दिने गरेको पाकिस्तानीहरुको गुनासो छ ।
भुटानको प्रयोग नेपालमा गरिँदै
दक्षिणी भुटानबाट नेपाली मूलका नागरिकहरुलाई खेदाउन विगतमा भारतले भूमिका खेलेको थियो । त्यस्तै उत्तरी श्रीलंकामा भारतले तमिलाई उचालेर गृहयुद्ध मच्चाएको थियो ।
गत वर्ष भुटानमाथि ग्यास र तेलमा नाकाबन्दी गरेर सत्तारुढ पक्षलाई असफल देखाउँदै भारतले त्यहाँको विपक्षी दललाई सत्तामा पुर्‍याएको थियो ।
नेपालमा पनि भारतले अहिले नाकाबन्दी गरेर आफूले रुचाएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सुरु गरेको चर्चा सुरु भएको छ ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top