NB Gurung

१२ असोज, काठमाडौं । साइकलमा ठमेलबाट बबरमहल आइरहेका एनबी गुरुङलाई हामीले दरबार मार्गमा रोकेर सोध्यौंं- ‘किन र कहिलेदेखि यसरी साइकल चढ्नुभएको ?’
नाकाबन्दीका कारण पेट्रोल नपाएपछि साइकल चढ्न थालेको गुरुङले जवाफ दिए । भारतले लगाएको आर्थिक नाकाबन्दीका कारण नेपालमा पेट्रोलको हाहाकार भएकाले ७० हजारमा उनले साइकल किनेका रहेछन् ।
गुरुङले ७० हजारमा साइकल किने पनि राजधानीमा ४/५ हजार रुपैयाँदेखि १५/२० हजारमा साइकलहरु किन्न सकिन्छ ।
‘सात दिनदेखि निरन्तर साइकलमै हिँडिरहेको छु, पुग्नुपर्ने ठाउँमा पुगेकै छु । काम भ्याएकै छु ।’ उनले प्रतिप्रश्न गरे- ‘मोटरसाइकल चढेर किन भारतलाई धनी बनाउने ?’
Cycle Rider at Kathmandu
अब पनि नेपालीले मोटरसाइकल र गाडी कुदाउने हो भने हामी भारतसँग झुक्नै पर्ने उनले सुनाए । ‘भारतसँग झुकेर गाडी र मोटरसाइकल चलाउनुमा भन्दा स्वाभिमानी भएर साइकल चलाउँदा नै मेरो आत्मा बढी बढी सन्तुष्ट छ,’ गुरुङले भने ।
साइकलमा कुदाउँदा शारीरिक व्यायाम गरिरहनु नपर्ने, पेट्रोल र मर्मतमा खर्च नहुने फाइदा उनले सुनाए । सामान्यतया दिनमा १५ किलोमिटर साइकलमै हिँड्दै आएको र काम परेका बेलामा साइकलबाटै एकै दिन ६० किलोमिटरसम्म यात्रा गरेको उनले सुनाए ।
‘भारतसँग नझुक सरकार, हामी नेपालीहरु साइकल चलाएर यात्रा गर्न तयार छौं ।’ पेशाले चित्र बनाउने गुरुङ भन्छन्, ‘नेताहरु डटेर अघि बढ्न सके भारतको नाकाबन्दी असफल बनाउन सकिन्छ ।
गुरुङजस्तै अहिले राजधानीका सडकमा साइकल चढेर हिँड्नेहरुको संख्या हृवात्तै बढेको छ । राजधानीमा सामान्य अवस्थामा फाट्टफुट्टमात्रै देखिने साइकलयात्रीहरु असोज ३ पछि बाक्लिएका छन् ।
Jeevan Chapagain

दरबारमार्गमै भेटिएका अर्का साइकल यात्री जीवन चापागाईले पनि ८ दिनदेखि साइकल चड्न थालेको सुनाए । उनले पनि मोटरसाइकल नभएर साइकल चलाएका होइनन् । ‘बाइक छ, तर भारतको नाकाबन्दीका कारण पेट्रोल छैन, त्यसैले साइकल चलाएको हुँ,’ चापागाईंले भने । यसअघि काठमाडौंमा उनले साइकल चलाएका थिएनन् ।
उनले भने- ‘यसैगरी साइकल चढ्न थाल्यौं भने भारतले पेट्रोलमा नाकाबन्दी गर्दैमा हामीले उसँग झुक्नुपर्दैन ।’
नेपाल प्राकृतिक स्रोतले पूर्ण रहेकाले भारतसँग झुक्न नहुने चापागाईं बताउँछन् । ‘संविधानमा असहमति जनाउँदै भारतले नाकाबन्दी गरे पनि नेपाललाई सारा अन्तरराष्ट्रिय समुदायको सहयोग छ ।’ उनले भने- हामी भारतसँग झुक्न होइन, लडेर जित्न पनि सक्छौं ।’
त्यस्तै, काठमाडौंमा भेटिएका अर्का साइकलयात्री कुलेश्वर श्रेष्ठले पनि भारतको नाकाबन्दी असफल बनाउन नेपालीहरुले साइकल चढ्नुपर्ने बताए ।
Kuleshwar Shrestha

‘डिजेल पेट्रोल पनि नचाहिने, एक घन्टामा २० किलोमिटरसम्म यात्रा गर्न सकिने र जोरबिजोर प्रणाली पनि लागू नहुने साधन हो साइकल’ उनले भने- ‘सबैले साइकल चलाउने हो भने हामी भारतसँग झुक्नुपर्दैन ।’
http://onlinekhabar.com/

Post a Comment

 
Top