Biratnagar-Tanab

४ असोज, विराटनगर । नयाँ संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप हुँदा मोरङ सदरमुकाम विराटनगर तनावग्रस्त भएको छ ।
विराटनगरको महाबीर चोकमा प्रहरीले चलाएको गोली लागेर एक १७ वर्षीय किशोरीसहित केही प्रदर्शनकारी घाइते भएका छन् ।
विहानैबाट मोर्चाका कार्यकर्ता सडकमा उत्रिएपछि महाविर चोक, शनि मन्दिर र महेन्द्र चोक क्षेत्रमा प्रहरीसँग झडप भएको हो । प्रदर्शनकारीले प्रहरीको गाडीलाई लक्षित गरी गुलेली, ढुंगा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले रबरका गोली, केही सेल अश्रुग्यास र हवाइ फायरिङ गरेको छ ।
मोरङका प्रहरी प्रवक्ता प्रमोद खरेलका अनुसार सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई लक्षित गरी प्रदर्शनकारीले ढुंगा हानेपछि प्रहरीले प्रतिकार गरेको थियो । शनि मन्दिर चोक, महावीर चोक र भट्टी चोकमा अहिले तनाव छ ।
संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले प्रहरीसँगको झडपमा आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएका बताए ।
- See more at: http://www.onlinekhabar.com

Post a Comment

 
Top