१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली व्यस्त भएका कारण मंगलबार बिहान प्रमुख तीन दलको बैठक बस्न सकेन । यसले मधेसी मोर्चासँगको वार्ता प्रभावित हुने देखिएको छ । सोमबार भएको वार्तामा तीन दलीय वार्ता टोलीले मधेसी मोर्चाको मागबारे आधिकाररिक धारणा लिएर आउने बताएको थियो । मंगलबार बिहान तीन दलको बैठक बस्ने र दिउँसो वार्ता गर्ने तयारी थियो । तर, तीनदलको बैठक बस्न सकेन । राष्ट्रिय कार्यकर्ता भेलाका कारण ओलीले नभ्याउने भएको भन्दै तीन दलको बैठक बस्न सकेन । ठाकुरसँगको वार्ता प्रभावित तीनदलको वार्ता टोलीले मधेसी मोर्चाका नेता एवं तमलोपा अध्यक्ष महन्थ ठाकुरसँग गर्ने वार्ता प्रभावित हुने देखिएको छ । एक नेताले भने- ‘अब हामी तपाईहरुले राखेको मागप्रति गम्भीर छौं भनेर भन्छौं ।’ अहिले तीन दलीय वार्ता टोली ठाकुरलाई भेट्न उनकै निवास भक्तपुर जाँदैछ । मधेसी मोर्चाले सरकार र तीन दलसँग वार्ता गर्ने जिम्मा ठाकुरलाई दिएको छ । गच्छदार मोर्चासँग छुट्टै वार्ता तीनदलीय वार्ता टोलीले अपराहृन फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चासँग वार्ता गर्दैछ । यसअघि सोमबार गच्छदारसँग छलफल भएको थियो ।

Post a Comment

 
Top