UML Party Office Dhumbarahi
६ असोज, काठमाडौं । दोस्रो ठूलो दल नेकपा एमालसँग देशभर एक अर्ब ६३ करोड ६६ लाख रुपैयाँ बराबर सम्पत्ति रहेको छ ।
एमालेको मुखपत्र नवयुगमा प्रकाशित रिपोर्ट अनुसार पार्टीका नाममा विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्तिलाई चलनचल्तीको मूल्यमा ढाल्दा त्यत्ति रकम हुन आउने बुधबार प्रकाशित बुधबार साप्ताहिकमा खबर छ ।
एमाले युवा नेता निरज आचार्यले तयार पारेको उक्त रिपोर्ट अनुसार एमालेसँग ५६ जिल्लामा आफ्नै भवन छ भने बाजुरा, कालिकोट, मुगु, हुम्ला, प्युठान, बागलुङ, पाँचथर र ताप्लेजुङमा जग्गा खरिद गरेर भवन निर्माणको तयारी भइरहेको छ ।
काठमाडौंको मदरनगर बल्खुमा १० रोपनी जग्गामा पाँच तलाको केन्द्रीय कार्यालय (भूकम्पले भत्किएर प्रयोग गर्न नहुने भएको) देखि भेरी, राप्ती, लुम्बिनी रक ोसीमा अञ्चल कमिटीका कार्यालय भवन बनेका छन् ।

Post a Comment

 
Top