असोज ७ – साउदी अरबको मक्का नजिक भागदौड मच्चिँदा कम्तिमा दुई सय २० जनाको ज्यान गएको छ । मक्कामा हज गर्न गएका तिर्थालुको समुहमा भागदौड मच्चिएको बिबिसीले जनाएको छ ।

भागदौडमा परेर चार सय ५० जनाभन्दा बढी घाइते भएका छन् । मक्काबाट पाँच किलोमिटर परको मिनामा भागदौड मच्चिएको हो । उद्धार तथा राहतको काम भैरहेको सरकारी अधिकारीले बताएका छन् ।

Post a Comment

 
Top