Belahiya-Naka-Rupandehi,-Bh
११ असोज, रुपन्देही । नेपालमा आपूर्ति रोकिने गरी सीमा क्षेत्रमा धर्नामा बसेका मधेसी मोर्चाको भैरहवाबासीले प्रतिकार गरेका छन् ।
रुपन्देहीको बेलहिया नाका अबरुद्ध गर्दै मोर्चाका नेता-कार्यकर्ताहरु सोमबार पनि धर्नामा बसेका थिए । त्यसको विरोधमा स्थानीय युवाहरु धर्नास्थलमै गएर नाराबाजी गर्दै हटाउने प्रयास गरेका थिए ।
प्रतिकार समूह र मोर्चाका कार्यकर्ताहरुबीच झडपको स्थिति सिर्जना भएपछि सुरक्षाकर्मीले रोकेका थिए । नेपालका प्रहरीले प्रतिकार समूहलाई फर्काइदिएपछि भारतीय सुरक्षाकर्मीले धर्नामा बसेका मोर्चाका नेता-कार्यकर्ताहरुलाई हटाएको थियो ।
नाकामा खुकुलो
अहिले रुपन्देहीको बेलहिया नाकामा कुनै पनि अवरोध छैन । भन्सार जाँच भएर भारत तर्फबाट मालबाहक गाडीहरु नेपाल भित्रिदै छन् । पेट्रोल, डिजल, ग्यास, तरकारी र फलफूल बोकेका गाडीहरु नेपाल भित्रिन लागेका हुन् । तर भारतीय पक्षले भन्सारमा जाँचपासको प्रक्रियामा निकै ढिलासुस्ती गरिरहेको ब्यापारीहरुले गुनासो गरेका छन् ।

Post a Comment

 
Top