६ असोज, अर्घाखाँची
मातृ शिशु तथा बाल्यकालिन पोषण सुधारको लागि सामाजिक व्यवहार परिवर्तन संचार सम्वन्धी २ दिने पुर्व तयारी कार्यक्रम अर्घाखाँचीको सन्धिखर्कमा सुरु भएको छ । कार्यक्रममा स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले समग्र जिल्लाको विकासको आधार सुआहारा कार्यक्रम भएकोले जिल्लाले राखेको अपेक्षा पुरा हुने भएकोले सुआहारा कार्यक्रमलाई राम्ररी सम्पन्न गर्नुपर्ने कुरामा जोड दिनुभएको थियो ।
कार्यक्रम जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत लिलाराम गौतमले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सञ्चालन सरसफाई अधिकृत श्रृजना पन्थीले गर्नुभएको थियो ।
तस्विर : घनश्याम पौडेल
Post a Comment