काठमाडौं, असोज ११ - तराई मधेशमा आन्दोलनरत दलसँग वार्ता गर्न ठुला तीनदलले वार्ता समिति बनाएका छन् । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीका शीर्ष नेताको बैठकले तीन सदस्यीय समिति गठन गरेको हो ।
समितिमा कांग्रेस नेता तथा वन मन्त्री महेश आचार्य, एमाले संसदीय दलका प्रमुख सचेतक अग्नि खरेल हुनुहुन्छ भने एकीकृत माओवादीले एक सदस्यको नाम दिन बाँकी छ ।समितिले नयाँ संविधानमा असहमति जनाएर आन्दोलन गरिरहेका मधेसी, थारु एवम् अन्य समुदायसँग वार्ता गर्नेछ । 
३ दलको बैठकपछि एमाले वरिष्ठ नेता झलनाथ खनालले संविधानप्रति असन्तुष्ट मधेसी, थारु र अन्य समुदायसँग वार्ता अघि बढाउन समिति गठन गरिएको जानकारी दिनुभयो ।कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले तराई मधेसमा उठेका आन्दोलनलाई वार्ताका माध्यमबाट समाधान निकाल्न तीन सदस्यीय समिति गठन गरेको जानकारी दिनुभयो ।

Post a Comment

 
Top