bicc and baneshwor (1)
६ असोज, काठमाडौं । संविधान जारी भएको खुसियालीमा संविधानसभा भवन परिसरमा सञ्चालन गरिएको रात्रिभोजमा ४५ लाख रुपैयाँ खर्च भएको छ । राष्ट्रपतिदेखि सबै पाहुलाका लागि रात्रिभोज आयोजना गरिएकोजनआस्था साप्ताहिकमा खबर छ ।
तीन हजार जनाका लागि अर्डर भए पनि चार हजार भन्दा बढीले खाएको भन्दै संसदमा क्यान्टिन चलाईरहेको अल्फा हाउसले धेरै दाबी गरिरहेको संसद सचिवालयका कर्मचारीले बताए ।
संसदीय समितिको बेठक बसेको समयमा तीन सय रुपैइाँमा खुवाउने खानाभन्दा केही फरक नभए पनि प्रतिप्लेट एक हजार पाँच सयका दरले अल्फालाई पैसा तिर्नुपर्नेछ । सामान्य हिसावले पनि तीन हजार जनाका लागि एक हजार पाँच सयका दरले ४५ लाख रुपैयाँ हुन आउँछ ।
अल्फाले प्रतिप्लेट भ्याटबाहेक एकहजार पाँच सय रुपैया दाबी गरेको छ । रात्रिभोजमा संसदसचिवालयका बहालवाला र पूर्वकर्मचारीका सपरिवार आएका थिए ।

Post a Comment

 
Top