जनकपुरधाम, असोज १२ - प्रधानमन्त्री बाबुराम भट्टराईलाई मधेश लैजाने एकीकृत नेकपा माओवादीका नेता रामचन्द्र झालाई जनकपुरमा युवाहरुले हातपात गरेका छन् । भट्टराईको सभा हुने स्थल गोपाल धर्मशालामा संविधान नजलाएसम्म सभा हुन नदिनै भन्दै प्रदर्शनमा उत्रिएका युवाहरुले झालाई हात पात गरेका हुन् । भट्टराईले जनकपुर आउनुअघि संविधान जलाउँछु भनेको तर जनकपुरमा आएपछि संविधान जलाउन नमानेको भन्दै युवाहरुले भट्टराईले संबिधान जलाएपछि मात्र सभा गर्न दिने बताएका छन् । भट्टराईको विरोधमा प्रदर्शनमा उत्रिएका युवाहरुलाई सम्झाउन पुगेका झालाई सभास्थलमै युवाहरुले हातपात गरेका हुन् । झासहित एकीकृत माओवादीका नेता प्रभु साह, रामकुमार शर्मालगायतको पहलमा भट्टराई जनकपुरमा पुग्नुभएको थियो । एकीकृत माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका नेता भट्टराईले मधेस आन्दोलनलाई समर्थन गर्दै आउनुभएको छ । बिहान भट्टराई जनकपुरधाममा उत्रिएलगत्तै 'डाक्टर बाबुराम गो ब्याक' भन्दै युवाहरुले विरोध जनाएका थिए ।

Post a Comment

 
Top