रोकेका ट्यांकर छोड्यो भारतले
काठमडौं, ५ असोज । भारतले नेपालमा नाकाबन्दी गर्ने असायको विज्ञप्ति जारी भएसँगै सीमा नाकामा कडाइ गरिएको सार्वजनिक खबरलाई लक्षित गर्दै एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले नाकाबन्दी गरे पनि स्वाभिमानी नेपाली नझुक्ने बताएका छन् ।

काठमाडौंमा मंगलबार भएको एक कार्यक्रममा भारतले नाकाबन्दी गरे पनि आत्तिन नहुने भन्दै प्रचण्डले भने, ‘नेपाली जनताका प्रतिनिधिले संविधान बनाउँदा कसैले नाकाबन्दी गर्छ भनेर हामी आत्तिनु हुँदैन। नाकाबन्दी भए हाम्रो स्वाभिमान झुक्दैन ।हामी बीच दरो एकता आवश्यक छ। हामी सबै नेपाली एकजुट भएर परिस्थितिको सामना गर्नुपर्छ।’

यसैबीच, सामाजिक सञ्जालमा विश्वभरबाट विरोध भएपछि भारतले रक्सौल भन्सारमा रोकेका तेल ट्यांकरलाई नेपाल प्रवेशको अनुमति दिइएको छ । नेपालमा संविधानसभाबाट जारी भएको संविधानको विरोधमा भारतले जारी गरेको विज्ञप्ति र उसका गतिविधिको विश्वभरबाट सामाजिक सञ्जाल मार्फत व्यापाक विरोध भएपछि मंगलबार अपरान्ह देखि रोकिएका तेलका ट्यांकर नेपाल प्रवेश गर्न दिएको छ ।

Post a Comment

 
Top