Sushil-koirala-At-Tikapur-1
९ असोज, काठमाडौं । नेपाल प्रहरीका एसएसपीसहित ९ जनाको ज्यान जाने गरी टीकापुर घटना भएको ३३ दिनपछि प्रधानमन्त्री सुशील कोइराला टीकापुर पुगेका छन् ।
घटनाको केही दिनपछि तीन सुरक्षा अंगका प्रमुख र गृह प्रवक्ता टीकापुर गएका थिए । तर, कुनै पनि राजनीतिक दलका उच्च नेता एवं सरकारी अधिकारी अहिलेसम्म टीकापुर पुगेका थिएनन् ।
हेलिकोप्टरबाट टीकापुर झरेका प्रधानमन्त्रीसहितको टोलीले शनिबार झण्डै डेढ घण्टा बितायो र फर्कियो ।
Sushil-koirala-At-Tikapur
सुरक्षा प्रमुखहरुको ब्रिफिङ सुनेपछि राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरेका प्रधानमन्त्री कोइरालाले आफू टीकापुरको दुःख बुझ्न र मल्हम पट्टी लगाउन आएको बताए ।
प्रधानमन्त्री कोइरालाले टीकापुर घटनामा संलग्नलाई पहिचान गरी कारवाही गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । टीकापुर घटना घटाउन उक्साउने मधेसी नेताहरुलाई कारवाही गर्न आफू प्रतिवद्ध रहेको उनले बताए ।
साथै उनले जातीय तथा साम्प्रदायिक हिंसा भड्काउने गतिविधि गर्न नहुने बताए ।
थारु आन्दोलनका क्रममा भदौ ७ गते टीकापुरमा भएको हिंसात्मक झडपमा नेपाल प्रहरीका एसएसपीसहित ८ सुरक्षाकर्मी र एक डेढ वर्षे बालकको मृत्यु भएको थियो ।

Post a Comment

 
Top