सिन्धुपाल्चोक, असोज ५ – सिन्धुपाल्चोकमा एक प्रहरी जवानले आफ्नै सहकर्मीको गोली हानेर हत्या गरेका छन् । ठोकर्पा प्रहरी चौकीमा कार्यरत प्रहरी जवान अशोक बरालले सहकर्मी रेशम थापाको थ्रीनटथ्री राइफलले गोली हानेर हत्या गरेका हुन् ।

शनिबार राति झण्डै १० बजे सकेर फर्कने क्रममा प्रहरी जवान बरालले गोली हानेर सहकर्मी थापाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो ।
गोली हाने लगतै बराल प्रहरीको पोशाक लगाएरै भागेको प्रहरीले जनाएको छ । घटनामा ज्यान गुमाएका प्रहरी जवान थापाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल चौतारामा राखिएको छ ।

Post a Comment

 
Top