बर्दिया, असोज ६ – बन्दको अवज्ञा गर्दै बर्दियामा यातायात व्यवसायीले यातायात सञ्चालन गरेका छन् । झण्डै डेढ महिनादेखि यातयाता संचालनमा नआएपछि यातायात व्यवसायी मर्कामा परेको भन्दै यातायात सुचारु गरीएको कृष्णसार यातायात व्यवसायी समिति बर्दियाका अध्यक्ष शम्भु रिजालले जानकारी दिनुभयो ।

बन्द खुलाउन प्रशासनले पहल नगरेको भन्दै बर्दियाका यातयात व्यवसायीले बन्दको अवज्ञा गर्दे विज्ञप्ती जारी गरेर मंगलबार बेलुकादेखि सदरमुकाम गुलरीयादेखि छुट्ने लामो तथा छोटो दुरीका सवारी साधन सञ्चलानमा ल्याएका हुन् । बैंकबाट कर्जा लिएर यातायात सञ्चालन गर्दे आएका यातायात व्यवसायी मर्कामा परेको भन्दै बाध्यताले बन्दको अवज्ञा गर्दै यातायात सञ्चालन गरेको रिजालले बताउनुभयो ।
कृष्णसार यातायात व्यवसायीसँग लामो दुरीका २४ बस सहित १ सय ५० वटा सवारी साधन रहेकोमा ४४ दिनको बन्दका कारण झण्डै ६ करोड बराबर घाटा भएको विज्ञप्तीमा उल्लेख छ । मंगलबारदेखि सदरमुकाम गुलरियाबाट सवारीसाधनहरु नेपालगञ्जसहित पूर्व क्षेत्रमा जान थालेका छन् । बुधबार बिहानैदेखि सदरमुकामबाट पूर्वतर्फ लामो तथा छोटो दुरीका सवारी साधन चलेका छन् । आइतबार बेलुकादेखि सदरमुकामबाट सानोश्री, भुरीगाँउ र राजापुरतर्फ जाने छोटो दुरीका साधन प्रशासनसँग छलफल गरी छुटाइने तयारी भइरहेको अध्यक्ष रिजालले बताउनुभयो । कसैले कुनैपनि बसमा तोडफोड गरेको खण्डमा पार्टी र संस्था भन्दैनौ, व्यक्तिगत रिसइवीका कारण तोडफोट गरेको भन्दै प्रतिकारमा उत्रिने छौँ, अध्यक्ष रिजालले भन्नुभयो ।
संविधान जारी हुनु एक हप्ता अघि र संविधान जारी भएको भोलिपल्टदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दियाको भुरीगाँउ, बाँसगढी क्षेत्रबाट सवारी साधाहरु संचालन भइरहेका छन् ।  थारुवान, थारुहट संघर्ष समिति र मधेसी मोर्चाले बन्द आव्हान गरेपछि सदरमुकाम गुलरियाबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका यातायातका साधनहरु डेढ महिना देखि ठप्प थिए ।
सदरमुकामदेखि यातायात सञ्चालनमा आएपछि स्थानीय बासिन्दा खुशी भएका छन् । संविधान जारीपछि पनि आन्दोलनरत थारु संर्घष समिती र मधेसी मोर्चाले बन्द आह्वान गरेपछि पछिल्लो पटक बर्दियाको राजापुर बाहेक गुलरिया, भुरीगाँउ, सानोश्री, बाँसगढी, जयनगर लगायतका बजार खुलेका छन् ।

Post a Comment

 
Top