काठमाडौं, असोज ६ – भारतसँग जोडिएका सबै नाकाबाट सामान आयात भैरहेको सरकारले स्पष्ट पारेको छ । भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले मंगलबार सबै नाकाबाट सहज रुपमा इन्धनसहित अरु सामग्री आयात भएको जानकारी दिनुभयो ।

उहाँले  दिनुभएको जानकारी अनुसार भन्सार नाकाबाट मंगलबार १२ वटा ग्यासका बुलेट र ६०÷६५ वटा ट्याङ्कर भित्रिएका छन् । काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगन्ज, गौर, भैरहवा, नेपालगन्ज र धनगढी नाकाबाट निकासी र पैठारी भैरहेको छ ।
मंगलबार बिहान कागजपत्र मिलाउने क्रममा केही नाकाबाट ढुवानीका गाडी भित्रिन केही समय लागेपनि कागजात मिलेपछि सामान्य रुपमा आयात भैरहेको विभागले जनाएको छ ।
सामान्य रुपमा अत्यावश्यक सामग्री भित्रिरहेकाले नआत्तिन र आवश्यक भन्दा धेरै स्टकमा नराख्न पनि सरकारले उपभोक्तासँग आग्रह गरेको छ । भारतले नाका क्षेत्रमा प्रतिबन्ध लगाएको हल्ला फैलिँदा स्टकका लागि ग्यास डिपो र पेट्रोल पम्पमा उपभोक्ताको भीड लागेको थियो ।

Post a Comment

 
Top