फाइल तस्वीर
फाइल तस्वीर
५ असोज, काठमाडौं । मधेसी मोर्चासँगको सहकार्य गर्ने विषयलाई लिएर थारु आन्दोलनकारीहरुबीच मतभेद देखिएको छ ।
प्रदेशहरुको सीमांकन लगायतका विषयलाई पश्चिम तराईमा थारु समुदायले आन्दोलन गरिरहेका छन् । उपेन्द्र यादव, महन्थ ठाकुरसहितको मधेसी मोर्चाले पनि तराई मधेसमा आन्दोलन गरिरहेको छ ।
आन्दोलनका क्रममा बाँके, रुपन्देहीसहितका केही जिल्लामा सहकार्य पनि देखिएको छ । तर, केन्द्रीय स्तरमा औपचारिक रुपमा सहकार्य भइसकेको छैन ।
थरुहट थारुवान संघर्ष समितिको बैठक अहिले चलिरहेको छ र आन्दोलनका क्रममा सहकार्य गर्ने विषयमा पनि छलफल भइरहेको स्रोतले बताएको छ ।
स्रोतका अनुुसार थारु आन्दोलनकारीको बैठकमा फोरम लोकतान्त्रिकका रामजनम चौधरी, थरुहट तराई पार्टीका गोपाल दहितसहितका नेताहरुले थारु-मधेसी मोर्चाबन्दीको प्रस्ताव राखेका छन् ।
तर, एमाओवादीसहितका दलका थारु नेताहरु भने त्यसको विपक्षमा उभिएका छन् । एक नेताले अनलाइखबरसँग भने-केही नेताले मधेसी मोर्चासँग सहकार्यको प्रस्ताव राखेका छन् । तर, त्यो सम्भव छैन । थारु र मधेसी सहकार्यका लागि पाइला टेक्ने आधारसमेत छैन ।’
विगतमा पहिलो मधेस आन्दोलनको सफलतापछि चर्को रुपमा उठेको ‘एक मधेस प्रदेश’को माग पश्चिम तराईका थारुहरुकै आन्दोलनका कारण मत्थर भएको थियो ।
अहिले सरकारले थारु र मधेसी दुबै समुदायलाई सहमतिमा ल्याउन नसक्दा दुबै समुदायवीच सहकार्य सुरु भए पनि यसको वैचारिक आधार तय हुन सकेको छैन ।
- See more at: http://www.onlinekhabar.com/

Post a Comment

 
Top